सार्वजनिक लिखत ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठकमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको प्रस्तावमा विधेयकमाथि आइतबार बसेको प्रदेशसभा बैठकमा छलफल गरिएको हो । छलफलमा प्रदेश सभा सदस्य मेघराज खड्का, जानकीदेवी कुँवर र टीका थापाले भाग लिएका थिए । उनीहरूले समयानुकूल बनाउन केही बुँदा थप गर्न आवश्यक भएकाले संशोधन विधेयक आएको भन्दै विधेयकमाथि समर्थन जनाए ।

छलफलको क्रममा उठेको विषयबारे जवाफ दिनुहुँदै मन्त्री भट्टले भाषागत शुद्धीकरण गर्नका लागि विधेयकमाथि आंशिक संशोधन गर्न लागेको बताए। उहाँले विधेयक सर्वसम्मतले पारित गर्नका लागि सबैलाई आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.