अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –८ बाट ठुलो संख्यामा काठ बरामद गरिएको छ । आइतबार बिहान ४ बजेको समयमा गोदावरी –८ सुर्योदय सामुदायिक वनक्षेत्रबाट ईलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमान्डमा खटिएको टोलिले ३ लाख मुल्य बराबरका १०७ थान सालका कडी सहित सु प प्र १००१ ख ३१५७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रक साहु वडा नम्बर ८ का देवराज भट्ट ,काठ साहु वडा नम्बर ८ स्याउलेका मदन छेडाल र चालक बैतडीका सिद्धराज भट्टलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।