अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेती र ट्राफिक प्रहरी कार्यालयलाई लापसे (लागुपदार्थ सेवन) चेकजाँच गर्ने किट सहयोग गरिएको छ ।
सोमबार अत्तरिया हस्पिटल प्रालिले ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई उक्त किट सहयोग गरेको हो । अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत प्रहरी कार्यालय र ट्राफिक प्रहरीलाई सय पिस किट उपलब्ध गराएको अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले जानकारी दिए ।
उनले पछिल्लो समय बढ्दै गएको लागुपदार्थको दुव्र्यसनका कारण दुर्घटनाका घटनाहरु बढ्दै गएकाले त्यसको न्यूनिीकरणका लागि चेकजाँच गर्ने किट उपलब्ध गराईएको बताए ।
‘प्रदेशकै प्रवेशद्धार भएकाले पनि यहाँ लागुऔषधको सेवन एवम् कारोबार बढी छ’ उनले भने ‘लागुऔषधको सेवन रोक्नका लागि त्यसको चेकजाँच हुन आवश्यक छ र त्यसका लागि किट आवश्यक छ भन्ने सोचेर हामीले यो योजना बनाएका हौ ।’ उनले अस्पतालले प्रदान गरेको सहयोगले अत्तरियाक्षेत्रमा लागुऔषधको सेवन केही हद सम्म कम हुने अपेक्षा लिएको समेत बताए ।