धनगढी : बाजुरा खप्तड छेडेदह गाउँपालिका कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै भईरहेको आन्दोलनको समर्थन जनाउँदै मंगलबार कालो पट्टि बाधेर पेन डाउन गरेका छन् ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायत माग राख्दै आन्दोलित छन् ।
स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गर्दै आएको हो । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।
स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, चक्रिय सरूवा प्रणाली,अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायत माग छन् ।
सम्बन्धित पाेस्टहरु