अत्तरिया, २४ असोज : मानव वेचविखन पीडितका लागि पुनर्स्थापना कोष र केन्द्र सम्बन्धि प्रदेशस्तरिय कानुन निर्माण सम्बन्धमा छलफल भएको छ ।
महिला कानुन र विकास मञ्चले धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कानुन बनाउनुपर्ने जोड दिइएको हो । सुदूरपश्चिम प्रदेश सरकारले मानव बेचबिखन पीडितका लागि पुनस्र्थापना कोष र पुनस्र्थापना केन्द्र सम्बन्धमा कानुन बनाउनपर्ने सहभागिले औंल्याए ।
बुधबार धनगढीमा प्रदेशका सांसद, विभिन्न संघ संस्था तथा कर्मचारीहरुको सभागितामा छलफल गरिएको हो । छलफल कार्यक्रममा प्रदेश सांसद मानबहादुर रावलले आवश्यकताका आधारमा कानुन निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सम्बन्धित मन्त्रालयको समन्वय र सहकार्यमा सांसदहरुले पनि काम गर्न आवश्यक रहेको ठहर्याए । ‘हामी सांसदहरुको पनि केहि कमजोरी छन् । मन्त्रालयसंग समन्वय र सहकार्य हुन सकेको छैन् ।’, उनले भने ‘जनताको आवश्कता अनुसार काम गर्नु नै अहिलेको माग हो ।’ सांसदमा पनि काम गर्ने भावना हुन आवश्यक रहेको उनले औल्याए ।
मानव बेचबिखनलाई निरुत्साहित गर्न प्रदेश सरकारले बालबालिका र महिलासम्बन्धी पनि कानुन बनाउनुपर्नेमा उनले जोड दिए । ‘भिक्टिम अझै बढिररहेका छन् । त्यसकारण अहिलेको आवश्यकता के हो, त्यो अनुसार कानुन निर्माणका लागि मन्त्रालयले पनि काम गर्नुपर्छ ।’ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका न्यायधिवक्ता ठेकेन्द्रराज जोशीले कानुनको ड्राप्ट बनाउने कार्य नै कठिन भएको बताए । सुदूरपश्चिममा कानुनहरु थुप्रै निर्माण भएको बताउदैँ उनले प्रदेशका विकृति अन्त्य गर्नका लागि बनेका नाई त्यो महत्वपूर्ण रहेको औल्याए । उनले काम गर्दा इमान्दारिता महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा अधिवक्ता सतीशकुमार शर्माले मानव वेचविखन तथा ओसारप्रसार नियन्त्रण सम्बन्धमा प्रदेश ऐनमा गर्नुपर्ने कानुनी सुधारका बारेमा प्रस्तुती राखेका थिए । उनले लैङिक हिंसा निवारण ऐन २०६७ का बारेमा प्रष्ट पारेका हुन् । शर्माले प्रदेश सरकारले पीडितलाई राहत हुनेगरी कानुन निर्माण गर्नुपर्ने बताए । ‘प्रदेश र पालिकास्तरमा सुरक्षित गृहको आवश्यकता छ’ उनले भने । अधिवक्ता शर्माले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धमा प्रदेश ऐनमा कानुनी सुधार गर्न जरुरी रहेको चर्चा गरे । पहिलेको तुलनामा पीडितको सङ्ख्यामा अझै पनि खासै भिन्नता नरहेको सहभागीहरुको भनाइ थियो ।
यस्तै गरी सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख जयन्ती गिरीले मानव वेचविखन पीडितका क्षेत्रमा प्रदेश सरकारले गरेका प्रयासका बारेमा प्रष्ट पारेका हुन् । उनले प्रत्येक जिल्लामा सेफ हाउस पनि सञ्चालनमा रहेका बताईन । उनले दीर्घकालीन पुनस्र्थापना केन्द्र निर्माणका लागि पूर्ण तयारीको काम भइरहेको जानकारी दिइन । ‘जग्गा प्राप्तिमा भएको ढिलाइका कारण केन्द्र निर्माणमा केही ढिलाइ भइरहेको छ ।’ उनले भनिन । कार्यक्रम कानुन विकास मञ्च कैलालीकी संयोजक रेणुप्रधान श्रेष्ठले सञ्चालन गरेकी हुन् ।
सम्बन्धित पाेस्टहरु