१३ बुँदे घोषणा पत्र जारी गर्दै सकीयो धनगढीमा बालिका सम्मेलन

धनगढी : धनगढीमा बुधबारदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय बालिका सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग र फाया नेपालको व्यवस्थापनमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले बालिकाको हक अधिकार तथा उनीहरुमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गर्ने एवंम् सम्बद्ध पक्षलाई त्यसमा जिम्मेवार बनाउने प्रतिबद्धता समेत गरेको छ ।

बालिकाहरुको समग्र विकासका लागि बालिका विकास रणनीति योजना बनाइ प्रदेश तथा स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न स्थानीय र प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायलाई आग्रह गर्ने, सबै तहका सरकारले बालविवाह र हानिकारक अभ्यास अन्त्यका लागि योजना तथा बजेट व्यवस्थापन गर्नुपर्ने, प्रदेशमा उच्च रुपमा विद्यमान रहेका हानिकारक आभ्यासहरु जस्तै वालविवाह, छाउपडीको निवारणका लागि एकीकृत प्रयास मार्फत संवोधन गर्न पनि आग्रह गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.