दुर्गा लक्ष्मीमा विद्यार्थीहरुलाई सामग्री सहयोग र शुभकामना आदानप्रदान कार्यक्रम

अत्तरिया, २६ असोज : गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको आधारभूत तहको भवनमा शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार कार्यक्रममा गोदावरी नगरपालिका बंनखेतमा बसोबास गर्दै आएका समाजसेवी लीलादेवि पौडेलले आफ्नो श्रीमान स्व. तुलसीराम पौडेलको सम्झनामा ८ हजार बराबरको विविध सामग्री सहयोग गरेका हुन् । लीलादेवी पौडेलले सामग्री प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य यज्ञराज भाट र आधारभूत तहका इन्चार्ज ललनप्रसाद चौबेलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा अध्यनरत आधारभूत तहका विद्यार्थीहरुलाई कोलगेट, ब्रस, विस्कुट लगायतका विविध सामग्रीहरु वितरण गरिएको थियो । यस्तै कार्यक्रममा विद्यार्थीहरुले आफ्नो आकर्षक संस्कृति नृत्य र गीत प्रस्तुत गरेसंगै आउँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको समेत शुभकामना आदानप्रदान गरिएको थियो । दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय आधारभूत तहका इन्चार्ज ललन प्रसाद चोबेको सभापतित्व सुरु भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन सदस्य यज्ञराज भाट रहेका थिए  । राष्ट्रिय देउडा गायक दीर्घराज फुलारा, राष्ट्रिय लोक संस्कृतिक प्रतिष्ठानका अध्यक्ष लीला बास्कोटा विशिष्ट अतिथि रहेका थिए । साथै कार्यक्रममा समाजसेवी, बुद्धिजीवी व्यक्ति लगायत शिक्षकहरुको सहभागी रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.