परिवार नियोजनका साधनमा महिलालाई रोजाईमा डिपो किन पर्यो ?

अत्तरिया, २६ असोज : महिलाहरुले महिनावारी टार्ने उदेश्यले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानएको छ । शुक्रबार कैलालीको गोदावरीमा विपद् पुर्व तयारी र पुर्नप्राप्ति यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाहरुसंग गरीएको संवादमा महिलाहरुले महिनावारी टार्ने उदेश्यले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जनाएको हो ।
उत्त संवादमा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालकी नसिङ्ग ईन्चार्ज यसोदा ढकालले परिवार नियोजन सम्बन्धी सेवा लिन आउने अधिकांश महिलाले महिनावारी रोक्ने उदेश्यले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको बताईन् । ‘उहाँहरु सेवााकोलागि आउनुहुन्छ, मलाई डिपो लगाईदिनुस् भन्नुहुन्छ ढकालले भनिन् । ‘हामीले अरु साधनका बारेमा बताउन खोज्दा सुन्न नै चाहनुहुन्न । बरु आफै भन्नुहुन्छ होईन डिपोले महिनावारी नियमित हुन दिँदैन रहेछ,त्यसैले यहि सजिलो छ ।’
अधिकांश महिलाहरुले परिवार नियोजनको उदेश्यले भन्दा पनि महिनावरी रोक्ने उदेश्यले साधनहरु प्रयोग गर्ने गरेको उनले बताईन् । महिनावारी भए घरमा काम गरिदिने कोहि छैन, महिनावारी नै भएन भने आनन्द हुन्छ भन्छन् ढकालले आफ्नो अनुभव सुनाईन् । स्वास्थ्य सँस्थामा निशुल्क पाईने ५ प्रकारका अस्थाई साधनमध्य डिपो लगाउने महिला नै उल्लेख्य रहेको भन्दै उनले कतिपय महिलाले महिनावारी बार्ने झन्झटले लामो समय पिल्सको प्रयोग गर्दा छाला डढेको पाईने गरेको उनले अनुभव सुनाईन् ।
छाउपडी कुप्रथाले गोदावरी नगरपालिकाका विभीन्न ठाँउमा जरो गाडेको भन्दै उनले त्यसैका कारण पनि महिलाहरुको प्रजनन् स्वास्थ्यमा असर पर्ने बताईन् । उनले पछील्लो समय आफुखुसी बाल विवाह पनि बढेको हुँदा महिलाको प्रजनन् स्वास्थ्य जोखिममा पर्ने गरेको उनको भनाई थियो । उत्त संवाद कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब विर बहादुर कुँवरले प्रजनन् स्वास्थ्यका विषयमा जनचेतना जगाउनुपर्ने बताए ।
उनले नगरपालिकाबाट काम गर्नकालागि कतिपय ऐन कानुनहरु बनेका भएपनि कार्यान्वयन नभएको बताए । महिला कानुन र विकास मञ्चले आयोजना गरेको उत्त संवाद कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधी, गोदावरी नगरपालिकाकी उपप्रमुख लगायत जनप्रतिनिधी,सहरी स्वास्थ्य क्लिनिकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.