धनगढीमा चैतन्य सुशासन, दिगो विकास समृद्ध सुदूरपश्चिम सम्मेलन हुँदै

अत्तरिया : धनगढीमा चैतन्य सुशासन, दिगो विकास, समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । धनगढीको चैतन्य पाठशालाले आयोजना गरेको राष्ट्रिय सम्मेलनको ११ शृङ्खला आगमि मंसिर २९ र ३० गते हुने पत्रकार सम्मेलन मार्फत विद्यालयले जानकारी गराएको छ ।
सुदूरपश्चिम प्रदेशको मूल पहिचान र गौरवलाई माथि उठाउने उद्देश्यका साथ आयोजना हुने उक्त सेमिनारमा सुदूरपश्चिको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयामहरू पहिचान गर्ने लक्ष्य राखिएको छ । सम्मेलनमा राजिनितीक, सामाजिक शैक्षिक व्यक्तित्वको उपस्थिति रहने विद्यालयले जनाएको छ ।

सम्मेलनको १० औ शृङ्खला काठमाडौंमा सम्पन्न भए पनि यस वर्ष भने सुदूरपश्चिम आयोजना गरिएको छ । चैतन्य पाठशालाले यस्ता कार्यक्रमहरू हरेक वर्ष आयोजना गर्दै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.