पार्वती ट्रेड एण्ड सप्लायर्स : चिठ्ठा उपहार कार्यक्रममा स्मार्ट टीभी मल्ललाई

अत्तरिया, २८ असोज : गोदावरी नगरपालिका धनगढी रोडमा रहेको पार्वती ट्रेड एण्ड सप्लायर्सले आयोजना गरेको चाडपर्व विशेष चिठ्ठा उपहार कार्यक्रमको प्रथम उपहार स्मार्ट टी भी भाग्यशाली व्यक्ति कैलाली गाउँ राजपुर निवासी सविन मल्ललाई परेको छ ।
अउरा स्काईवर्थ कम्पनीको मुख्य प्रायोजक रहेको विजया दशमी तथा शुभ दिपावलीको उपहार कार्यक्रममा आईतबार ५ वटा इलेक्ट्रोनिक्स ५ जना भाग्यशाली विजेता व्यक्तिहरूलाई समानहरुको व्यवस्था गरिएको थियो । उक्त कम्पनीका इलेक्ट्रोनिक्स समानहरु मध्ये पहिलो उपहार स्मार्ट टीभी, दोस्रो उपहार मिक्चर, तेस्रो उपहार राइस कुकर, चौथौ उपहार आईरन र पाँचौ उपहार इलेक्ट्रोनिक जग केतलीको व्यवस्था गरियो थियो ।
चिठ्ठा नं द्वारा छानिएका उपहार कार्यक्रममा सहभागी भएका व्यक्तीहरू मध्ये पहिलो भाग्यशाली विजेता कैलाली गाउँ निवासी सविन मल्ल रहेका थिए । उनले अउरा स्काइवर्थ कम्पनीको स्मार्ट टीभी पाएका थिए ।
यस्तै दोस्रो भएर उपहार पाउने मालाखेती निवासी डम्बर विष्टले मिक्चर पाएका थिए भने चिठ्ठा उपहारको तेस्रो भएर चैत्यनपुर निवासी मञ्जु महराले राइस कुकर पाएका थिए । चिठ्ठा उपहारको चौथो गेटा निवासी गणेश जोशी रहेका थिए । उनले आइरन पाएका थिए ।
अन्तिममा चिठ्ठा उपहारको पाँचौलाई इलेक्ट्रोनिक जगको केतली परेको थियो । चिठ्ठा नं १००५ भएको पाँचौं हुने भाग्यशाली व्यक्तिको नाम ठेगाना नभएको हुँदा इलेक्ट्रोनिक पसलका सञ्चालक गोकुल भट्टले जसको चिठ्ठा नं १००५ रहेको छ । आफ्नो सामान पसलमा आएर उपहार लगेर जान हुन आग्रह समेत गरे ।
इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा विशेष छुट
इलेक्ट्रोनिक्स पसलका सञ्चालक गोकुल भट्टले विशेष गरी हिन्दूहरूको महान् पर्व बडा दशैं र तिहारलाई मध्यनजर गरी पसलमा इलेक्ट्रोनिक्सका समानहरु खरिद गर्न आउने ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको समेत जानकारी दिए । छूट अफर दशैं देखि लिएर दीपावली सम्म संचालन हुने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.