प्रधानमन्त्री धनगढीमा रोकिएपछि गैरआवासीय नागरिकता वितरण कार्यक्रम पछि सर्यो

अत्तरिया : खराब मौसमका कारण काठमाडौँ आउने प्लेन उडान हुन नसकेपछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीमै रोकिए । उनी आज बिहान काठमाडौँ फर्कने तयारीमा छन् ।

प्रचण्ड धनगढी रोकिएपछि आज बिहान ७ बजेका लागि तय गरिएको गैरआवासीय नागरिकता वितरण कार्यक्रम ८ बजे मात्र सुरु हुने भएको छ । प्रधानमन्त्री प्रचण्ड धनगढीबाट काठमाडौँ आए लगत्तै कार्यक्रम सुरु हुने बालुवाटार स्रोतले जानकारी दियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.