अत्तरिया : देशमा सङ्घीयतापछि बझाङले पहिलो पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो ।
मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार ग्रहण गरेका जिल्ला अस्पताल बझाङका प्रमुख मेसु नवराज जोशीले जानकारी दिए ।
लामो समयदेखि कैलाली स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृतको पदमा रहेका धामीलाई स्वास्थ्य कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले भव्य स्वागत गरेका छन् । धामीकै कार्यकालमा सुदूरपश्चिम प्रदेशभरि रहेका स्वास्थ्य कार्यालयमध्ये कैलाली स्वास्थ्य कार्यालय पहिलो भएको थियो ।