गेटामा ओपीडि सहितको सेवा सुरु

अत्तरिया : कैलालीको गेटामा बुधवारबाट ओपीडि सहित अस्पताल सञ्चालनमा आएको छ। पहिलो चेकजाच गर्ने विरामी गोदावरी नगरपालिका १ अत्तरियाका ६२ वर्षीय वृद्ध रहेका छन । भने विरामीको चेकजाच डा. प्रमोद जोशी स्वयम् आफैले गरेका छन ।
अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको अस्पताल प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०८०\८१ को बजेटमा गेटा अस्पताललाई एक सय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि आजदेखि अस्पताल सञ्चालनमा आएएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.