Agni Offset Press

राष्ट्र बैंकको कार्यालय धनगढीबाट झिकियो सवा अर्ब रुपैयाँ

Aarati simant

अत्तरिया : दसैँका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो ।

२८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका राष्ट्र बैंकको धनगढी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन् । बैंकहरूले राष्ट्र बैंकमा जम्मा गरेको रकम ग्राहकहरूको मागअनुसार नै झिकेकाले दसैँमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरूको घुइँचो नै लागेको छ । असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दसैँका लागि नयाँ नोट साट्न आउनेहरूको घुइँचो लागेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ ।

अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ । राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.