अत्तरिया : प्रतिनिधि सभा सदस्य (सांसद) वीर बहादुर बलायरले गेटामा अस्पताल, मेडिकल कलेज हुँदै विश्वविद्यालय बन्ने बताएका छन । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बलायरले एकैचोटी विश्वविद्यालय नबन्ने भएकाले क्रमागत रुपमा अगाडि बढ्ने बताए ।
उनले भने ‘पहिले हस्पिटल हो, त्यसपछि मेडिकल कलेज र त्यसपछि विश्वविद्यालय बन्ने हो । पहिले विश्वविद्यालय त्यसपछि मेडिकल कलेज र त्यसपछि हस्पिटल बन्ने होइन ।’ उनले विश्वविद्यालय बनाउनको लागि आधारभूत कुरा चाहिने भएकाले त्यो नबनाइकन एकैचोटी विश्वविद्यालय बनाउन्छु भन्नु धोका हो की भनेर आफूले आशंका गरेको बताए ।
उनले गेटामा विश्वविद्यालय बनाउन आफुले रोक्नुपर्ने कुनै कारण नभएको बताए । गेटामा विश्वबिधालय रोक्न खोजिएको होइन बरु विश्वबिधालय देखाएर अरु चिज भजाउन खोजिएको हो कि भन्ने आशंका गरिएको हो । अब बिधेयक आउला त्यसमा पनि छलफल होला, बलायर ले भने ।
गेटा विश्वबिधालयको बारेमा आफुले सदनमा बोलेको कुरालाई काँग्रेस कै केही मान्छेहरुले अतिरन्जित बनाएको उनले दुखेसो पोखे । गेटा अस्पतालमा ओपिडी शुरु भएको छ । मैले बोलेको कुरा हाम्रै मान्छेहरुले अतिरन्जित बनाए । म आज भन्न चाहान्छु, म सोध्नु चाहान्छु भागेस्वर नर्सिङ किन बन्द भयो , पदमाको नर्सिङ किन बन्द भयो रु एउटा नर्सिङ अस्पताल चलाउन १०० बेडको अस्पताल चाहिन्छ भने विश्वबिधालय चलाउन कति बेडको अस्पताल चाहिन्छ ? बलायरले विश्वबिधालय बनाउने हो भने कम्तीमा २ हजार बेडको अस्पताल र ढेड सय डाक्टर चाहिने जिकिर गरे। उनले विश्व बिधालय एकैचोटी बन्न नसक्ने दाबी गरे ।