आज नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

अत्तरिया : आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ। धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ। यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मीक वचन छ।

कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन्। कात्यायनी देवीको स्वरूप अत्यन्त दिव्य र स्वर्ण समान चम्किलो रहेको धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ। यी देवीको पनि सवारी सिंह हो। यिनका चार हातहरूमध्ये एक हात अभय मुद्रामा र दोस्रो हात वरदमुद्रामा रहेको हुन्छ। अन्य हातहरुमा एउटामा तरबार र अर्कोमा कमलको फूल‍ रहेको हुन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.