धनगढीबाट बझाङ जादै गरेको बस यसरी जोगियो ठूलो दुर्घटनाबाट…

अत्तरिया : धनगढीदेखि बझाङ जादै गरेको बस भीरमा अड्किएको छ । धनगढीबाट बझाङ जादै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज विहान भीरमा अड्केको हो। बझाङको जयपृथ्वी नगरपालिका-७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको बझाङ प्रहरीले जनाएको छ।

सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरु भने सूचारु रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। बस निकाल्ने प्रयास भइरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.