डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाईते

डोटी : डोटीमा जिप दुर्घटना भएको छ । खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

जीप दिपायल सिलगढी नगरपालिका वडा नं ६ पानीखालमा दिउँसो साढे १ जेतिर दुर्घटना भएको हो । घाईतेहरुको उद्धार गरीअहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते भएका सबै सायल गाउँपालिका निवासी हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.