अत्तरिया, ३ कात्तिक : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीले फुड फेस्टिभल तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी दसैं तिहारको अवसरमा शुभकामना आदानप्रदान र फुड फेस्टिभल गरेको हो । अभिभावक र बालबालिकाको उपस्थितिमा सांगितिक कार्यक्रम समेत गरिएको छ । सत्यवती एकेडेमी यस क्षेत्रका अधिक विद्यार्थी अध्ययन गर्ने निजी क्षेत्रको विद्यालय हो । कार्यक्रममा फुड फेस्टिभल आकर्षण रहेको थियो ।
खानाका विभिन्न परिकार बनाउने स्टलहरु राखिएका थिए । बालबालिकाले आँफैले खाद्य सामग्री तयारी पारेका हुन । पानीपुरी देखि मम सम्मका परिकारहरु विद्यार्थीहरुले बनाएको विद्यालयका प्रमुख वीरबहादुर कडायतले बताए । ‘विद्यार्थीको क्षमता विकास र व्यवसायिक कुराहरुको ज्ञान दिनको लागी उनीहरु स्वयमलाई संगलग्न गराइएको हो । यसबाट उनीहरुलाई ब्यापारमा कसरी लाग्ने, खान कसरी बनाउने लगायतका कुराहरुतर्फ आकर्षण गर्न खोजिएको हो’ उनले भने ।
यस्तै अभिभाबक डम्मर साउँदले फुड फेस्टिभल विद्यार्थीहरुका लागी निकै उपयोगी बनेको बताए । साउँदले फुड फेस्टिभल मार्फत विद्यार्थीहरुलाई भोलीका दिनहरुमा ब्यबसायिक बन्न प्रेरित गर्ने बताए । फुड फेस्टिभल कार्यक्रममा विद्यार्थी र अभिभावक निकै रमाएका थिए । विभिन्न पर्वहरुको अवसरमा सत्यवतीले सांस्कृतिक झल्कने कार्यक्रम गर्दै आएको छ ।

अत्तरियामा २०६९ सालमा स्थापना भएकोे ‘सत्यवती एकेडेमीको’ यस क्षेत्रमा छुट्टै पहिचान छ । कक्षा १० सम्म मात्रै करिब १८ सय विद्यार्थीलाई अध्यापन गराँउदै आएको यो विद्यालयले प्लस टु विज्ञानमा पनी उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पर्याप्त भौतिक पुर्वाधारकासाथै उत्कृष्ट व्यवस्थापन समेत भएको यो विद्यालयमा यस क्षेत्रकै दक्ष शिक्षकहरु छन् ।
शैक्षिक वातावरण र शिक्षक संस्थाको सबैभन्दा महत्वपुर्ण पक्ष हो । कुनै विद्यालयले शैक्षीक रुपमा उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शैक्षीक जनशत्तिमा जोड दिनु पर्दछ । सत्यवती एकेडेमीले सधैँ दक्ष जनशत्तिमा जोड दिने गरेको छ । यहाँ पुर्णकालीन ८० जना शिक्षक रहेका छन् । उत्कृष्ट नतिजा प्रदान गर्नकालागी शिक्षकहरुले पनी निकै मिहेनत गर्ने गरेको विद्यालयका सँस्थापक विर बहादुर कडायत बताँउछन् । कैलाली बहुमुखी क्याम्पस तथा धनगढीका विभीन्न क्याम्पसहरुमा लामो समयदेखी अध्यापन गराँउदै आएका शिक्षकहरु यस विद्यालयमा रहेका छन् । विज्ञान संकाय अध्यापनकालागी प्रत्येक विषयका दुईदुई ओटा शिक्षकको व्यवस्था गरएिको छ । आकर्षक तलब र सेवा सुविधाका कारण सत्यवती एकेडेमी अनुभवि शिक्षकहरुको रोजाईको केन्द्र पनी बन्ने गरेको छ ।
