कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषकहरुलाई कृषि औजार उपकरण वितरण गरेको छ। शुक्रबार नगरपालिकाको कृषि विकास शाखाले एक कार्यक्रमको आयोजना गरी नगर भित्र रहेका कृषिमा आधारित समूहगत, संस्थागत र फर्महरूलाई ५० प्रतिशत अनुदानमा पावर टीलर र मिनी पावर टीलर कृषि औजार यन्त्र उपकरण वितरण गरेको हो।

उक्त कृषि औजार उपकरण कृष्णपुर नगरपालिका नगर प्रमूख हेमराज ओझाले कृषकहरुलाई हस्तान्तरण गरेका हुन्। कृषि औजार पावर टीलर ५१ वटा र मिनी पावर टिलर २३ नगरपालिकाले वितरण गरेको हो।
हस्तान्तरण पश्चात् धारणा राख्दै नगर प्रमुख ओझाले नगर भित्रका किसानहरू लागि एउटा सम्मान स्वरूप यन्त्र उपकरण हस्तान्तरण गरेको र यसको सही तरिकाले सदुपयोग हुने विश्वास रहेको बताए। सदुपयोग गर्न आग्रह गरेसंगै उनले वितरण गरिएको कृषि औजार दुरुपयोग भएको पाइएमा कृषि औजार नगरपालिकाले फिर्ता लिनुका साथै कारबाही गरिने चेतवानी समेत दिए । उनले नगरपालिकाले वितरण गरेको कृषि औजार वास्तविक कृषकहरुले पाउनुपर्ने उद्देश्यले वितरण गरिएको उल्लेख गरे।
उनले अनावश्यक रूपमा अनुदान दिने प्रक्रियामा कृष्णपुर नगरपालिका नभएको बताउँदै नगरले अनुदान दिएको सामग्री सही सदुपयोग गर्न किसानलाई अनुरोध गरे ।
उनले कृषि औजार प्रयोग गरेसंगै आगामी दिनमा यस भन्दा थप बढी कृषि उपकरणहरु वितरण गर्ने बताए ।


यस्तै सामग्री हस्तान्तरण कार्यक्रममा कृषी शाखा प्रमुख लालबहादुर धामीले कृषिमा आधारित भई नगरमा दर्ता भएका संस्था, समूह र फर्महरुलाई कृषि औजार वितरण गरेको बताए। नगरपालिकाले एकदमै सर्व सुलभ मूल्यमा ५० प्रतिशत अनुदानमा वितरण गरेको उनले बताए। उनले नगरमा रहेका कृषक समुह, फर्म र कृषि सहकारीहरूलाई मात्र वितरण गरेको बताए। किसानहरूको लागत घटाई उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उक्त कृषि औजार वितरण गरिएको कृषि शाखा प्रमुख धामीले बताए। उनले कुनै व्यक्तिलाई नदिई ८ वटा सहकारी, ३९ वटा कृषक समुह र १८ वटा कृषि फर्मलाई गरी ७४ वटा कृषि औजार वितरण गरेको जानकारी दिए ।
उनले दिएको कृषि औजार समुहवालाहरुले छलफल गरी उचित सदुपयोग गर्ने वास्तविक कृषकहरुलाई मात्र वितरण गर्न हुन आग्रह गरे।
उक्त कृषि यस्त्र उपकरण सामग्री पाएँ पश्चात कृषक समूहरुले नगरपालिक लाई खुशी हुँदै धन्यबाद ज्ञापन गरे साथै यसको सही तरिकाले सदुपयोग गर्ने प्रतिबद्दता समेत गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.