बडादसैँ : आज फूलपाती भित्र्याइँदै

अत्तरिया : आज बडादसैँ अन्तर्गत फूलपाती पर्व। दसैँ पर्वको सरकारी बिदा पनि आजैबाट सुरु हुने भएकाले फूलपातीदेखि दसैँको खास रौनक सुरु हुन्छ।

आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ। हिन्दू धर्मावलम्बीले वैदिक विधिपूर्वक पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ।

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.