अत्तरिया : कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले समाजमा उत्कृष्ट सेवा पुर्याउने ८ जनालाई सम्मान गरेको छ । संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत , पद्मा अस्पताल प्रालिका प्रवन्ध निर्देशक नरबहादुर मौनी , पतञ्जली योग समिति अत्तरियाका संस्थापक अध्यक्ष दुर्गाप्रसाद प्रसाइँ, गोदावरी धाम विकास समितिका संस्थापक अध्यक्ष पदमराज जोशी (प्रभात) रहेका छन ।
यस्तै महिला तथा बाल–बालिका सेभ हाउस अत्तरियाका संस्थापक अध्यक्ष जानकी मलासी, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका संस्थापक अध्यक्ष उत्तमबहादुर कठायत, सुपसमावेसी आधारभूत विद्यालय अत्तरियाका संस्थापक अध्यक्ष मानबहादुर साउँद र साइकिल यात्री भरतविक्रम शाहलाई पनि सम्मान गरेको हो । उनीहरुलाई सम्मान पत्र र खादा ओढाएर सम्मानित गरिएको थियो ।