बैतडीको उदयदेव मन्दिरमा ४२ राँगाको बलि

बैतडी : बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा मेला लागेको छ। जिल्लाको पाटन नगरपालिका–५ मा रहेको उदयदेव मन्दिरमा महाअष्टमीको राति र महानवमीका दिन दिउँसो मेला लाग्ने गर्छ। उक्त मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि समेत चढाइएको सिद्धनाथ उदयदेव धार्मीक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले बताए। महाअष्टमी देखि सुरु भएको जात्रामा आज पशुबलि चढाइएको उनले बताए।

मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि चढाउने चलन रही आएको छ। महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ। उक्त मन्दिरमा महाष्टमी र महानवमीका दिन विशेष जात्रा लाग्ने गर्दछ। महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा देउडा खेल समेत हुने गरेको छ। महाअष्टमीको राति र महानवमीका दिन देउडा खेल खेलेर भक्तजनहरु रमाइलो गर्ने गर्दछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.