मुख्यमन्त्री शाहले अग्रजबाट टीका ग्रहण गरे

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अग्रजबाट टीका थापेर दशैंको शुरूवात गरेका छन्। पिता मंगलबहादुर शाहबाट टीका थापेर उनको दशैं सुरू भएको हो । उनले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् ।

आज बडादसैँ अन्तर्गत दुर्गा पक्षको मुख्य दिन विजयादशमी पर्व । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.