आजको मौसम कुन क्षेत्रमा कस्तो रहेको छ ?

अत्तरिया : हाल नेपालको पश्चिमी भेगमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) पहाडी क्षेत्रमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशको ८ भागमध्ये ३ देखि ४ भागसम्म अर्थात् २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादल लाग्नु हो। यस्तो अवस्थामा दिनमा बादल लागे पनि घाम देखिएको हुन्छ। सामान्यताय सफा भनेको आकाश लगभग सफा हुनु हो।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा दिउँसो पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति भने देशको पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिलाई कतै वर्षा तथा हिमपातको सम्भावना देखाइएको छैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.