बझाङमा कण्डम चोरी, एक जना पक्राउ

बझाङः बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा तोडफोड भएको छ । बुधबार राति जिल्लाको सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा क्षति पुगाइएको थियो भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ ।

वेलुन बनाएर उडाउन स्वास्थ्य केन्द्र तोडफोड गरेको पक्राउ परेकाको बयान

तोडफोड गरेको आरोपमा सुर्मा गाउँपालिका वडा नम्बर २ का १४ वर्षीय अजय बोहरा पक्राउ परेका छन् । उनले वेलुन बनाएर उडाउनका लागि कण्डम चोर्न तोडफोड गरेको बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.