
बाजुराको सिस्नोको साग र जौ–मकैको रोटी खाएको मान्छे आफ्नो मिहेनतलाई सहरको धुलो र माटो खुवाउन सहर पसेको थियो । सहरमा धेरैलाई त उसले चिन्दैनथ्यो तर, जतिलाई चिन्थ्यो सबैलाई राम्रोसँग चिन्दथ्यो । उसका साथीहरु थोरै भएता पनि मर्दाका मलामी जाने र पर्दा जन्ती जाने खालका थिए । गाउँबाट सहर आएका पात्र हुन् ‘भाग्य’ ।
भाग्यको त्यस बिरानो सहरमा कोही मिल्ने साथी थिए भने ती उनका साथी मिहेनत थिए । भाग्यको चाँदो (निधार) ठूलो थियो । उनी हुँदा खाने खान्दानका थिए । साँझ बिहान छाक टार्न पुगेकै थियो । अरुले जे जसो भनेतापनि उनी कपडाको सोकिन कहिले थिएनन् । उनका खुट्टामा दस ठाउँमा च्यात्तिएका चप्पल, पाइन्टमा अनगिन्ती कपडाका टालाहरु र कमिज चाल्नो जस्तै प्वाँल परेको । भाग्य यस्तो अवस्थाका देखिएपनि सहरमा उनको साथी मिहेनतभन्दा चिरपरिचित नै थिर । यो सब देखेर
मिहेनतको मनमा कैयौं प्रश्नहरु खडा भए र एकदिन आफ्ना मनमा भएका सबै कुराहरु मिहेनतले भाग्यसंग ओकल्यो ।
‘ए भाग्य सुनत, तिम्रो बाजुरामा सफलताको रुख पाइन्छ र भन्या ?’ यस्तो प्रश्न सुनेर भाग्य एकछिन टोलायो र सोचमग्न भयो । मिहेनतले भाग्यलाई झकझक्याउँदै फेरि त्यही प्रश्न दोहो¥यायो । ‘किन र, तिमीले यस्तो प्रश्न किन गरेको ?’ भाग्यले सोध्यो ।
‘तिम्रो त निधारपनि ठूलो छ, तिम्रो त कति ठूलो भाग्य है ?’ मिहेनतले हिलेको प्रश्नको उत्तर नपाउँदै अर्को प्रश्न ग¥यो ।’ निधारमा भाग्य हुन्छ भनेर कसले भन्यो तिमीलाई ? भाग्यले सोध्यो । अनि यति ठूलो निधारमा भाग्य नभएर के हुन्छ त हँ ? यस्ता प्रश्न सुनेर भाग्यको निधारमा चिटचिट पसिना बग्न थाले । मेरो निधारमा त पसिना छ । सायद भाग्यले पिसाब फे¥यो क्या हो ?
दुबै जना संगै हाँसे । लौ छोड भैगो । मैले बुझ्नै नसकेको कुरा नि भाग्य, हेर्दा त तिमीभन्दा मैले बढी मिहेनत गर्छु, तर पनि तिमीभन्दा अघिको हुन सकिन । किन यस्तो भाग्यरुू मिहेनतले फेरि अर्को प्रश्न खडा ग¥यो ।
अन्तिममा भाग्यले भन्यो निधार ठूलो र नाम भाग्य भएर मात्रै जिन्दगीमा सफलता पाउन कहाँ सकिन्छ ? जिन्दगीमा सफलता पाउन त च्यात्तिएका चप्पल, टाला हालेको पाइन्ट, प्वाँल परेको कमिज सबै लगाउनु पर्छ । आफ्ना चट्ट परेका कोट पाइन्ट हेरेर मिहेनत खिसिन्छ ।
अनि तिमीलाई यत्तिको मिहेनत गर्न कसले हौसला दिन्छ नि ? मिहेनतले पहिलेको प्रश्नको लाज लुकाउँदै अर्को प्रश्न गर्यो । हौसला दिनेको कमी कहिले हुँदैन । मलाई मेरा छिमेकीले हौसला दिए जसले बुवाको गोजी रित्तिए पछि सहयोग गरेनन्, प्यास लाग्दा अञ्जुली पानी दिएनन्, भोक लाग्दा एक गास दिएनन् र आमा बिरामी हुँदा एक मुठ्ठी औषधी दिएनन् । भाग्यले जवाफ दियो ।
अन्तिममा मिहेनतले जटिल प्रश्न गर्यो ? भाग्य, जीवनमा सफलता पाउन के गर्नु पर्छ ? भाग्यले मिहेनतको मुखमा हेर्दै जवाफ दिन्छ ? जीवनमा सफलता पाउन आमाले देखेका सपनाहरुलाई ओछ्याएर सुत्नुपर्छ, बुवाको टोपी सिरानी हाल्दै छिमेकीका बकबक ओढेर सुत्नुपर्छ । भोक लाग्दा आमा मिठा झ्याउरे भाका खानु पर्छ, निद लाग्दा बुवाले देखेका सपना सम्झिनु पर्छ, घरमा बढेकी बहिनीका लागि चोली सम्झिनु पर्छ, भाइका इच्छा बुझ्नुपर्छ ।
मलाई पनि तिमी जस्तै प्रख्यात बन्न मन छ । यी सबै कहाँ पाइन्छन् जसले सफलता पाउन मदत गर्छन मिहेनतले सोध्यो । यी सबै मेरो बाजुरामा पाइन्छन् ।
✍️सुनिल बुढा
स्टेपिङ स्टोन इङलिस स्कूल
धनगढी, २ कैलाली ।
