बझाङमा सेती नदीमा बेपत्ताको खोजी गर्न लागि सशस्त्र प्रहरीको गोताखोर खटाइयो

बझाङ : बझाङको मस्टा गाउँपालिका-४ तातोपानी स्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।

सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कार्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएको हुन । उनको खोजी कार्यको लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामग्रीसहित खटाइएको हो ।

यसअघि सोमबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको थियो । गोताखोरले मंगलबार ११ः२५ बजेबाट खोजतलास सुरु गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.