Agni Offset Press

सुदूरपश्चिमको पर्यटन प्रबद्र्धन गर्न स्थानीय तह र प्रदेश सरकारलाई ध्यानाकर्षण

Aarati simant

धनगढी : सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्र्धन गर्न स्थानीय पालीका प्रमुख र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ। कैलालीको मोहन्याल ७ चिसापानीमा रहेको नवल सिंह रावल फाउण्डेसनद्वारा वलदेव शाह (वाकावीर) लाई नेपालको प्रथम शहीद घोषणा गर्न र सुदूरपश्चिमको पर्यटन प्रबद्र्धन र विकास गर्न स्थानीय पालीका प्रमुखलाई ध्यानाकर्षण गराइएको हो।

वलदेव शाह (वाकावीर) लाई नेपालको प्रथम शहीद घोषणा गर्न राज्यलाई दबाब दिन सुदूरपश्चिमका सबै सरकारी कार्यलयहरुमा अनिवार्य रुपमा वलदेव शाह को फोटो फ्रेम राख्ने अभियान शुरु भए सङै आज धनगढी उप महानगर पालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरियको पर्यटन ब्यवसायी तपेन्द्र रावलले जानकारी दिए ।

रावलले सुदूरपश्चिमको ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रवर्द्धन तथा सम्बर्द्धन गर्न कर्णाली चिसापानीमा २० फिट अग्लो चारै तिर मुखाकृत भएको गौतम बुद्धको मुर्ती छिट्टै निमार्ण गरिने नवल सिङ रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलको भनाई छ। नवल सिंह रावल फाउन्डेसनले २०७७ साल देखि सुदूरपश्चिमको पर्यटनका पहिचानका मुद्दामा स्वदेश तथा बिदेशमा विभिन्न दबाब मुलक अभियान समेत शुरु गरिरहेको छ। सुदूरपश्चिम् घुन्म आउने बिदेशी पाहुनालाई लगिने चौगुणा भाडा हटाई समानता ल्याउनु पर्छ भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत लडिरहेका छन। रावलले सुदूरपश्चिमका पर्यटनका साझा मुद्दामा सरोकार वाला बाट सहयोगको अपेक्षा समेत गरेका छन।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.