Agni Offset Press

बझाङ काँग्रेसको अगुुवा कार्यकर्ता भेला, उपलव्धी मुलक भएको ठहर

Aarati simant

जगदीश रोकाया
बझाङ २२ कार्तिक : नेपाली काँग्रेस जिल्ला कार्य समिति बझाङको आयोजनामा संचालन गरिएको अगुुवा कार्यकर्ता भेला उपलव्धी मुलक भएको ठहर गरिएको छ । देवीधान मेलाको अवसर पारी जिल्लामा आएका काँग्रेसका केन्द्रिय सदस्य पुर्व राज्यमन्त्री अर्जुनजंङबहादुर सिंह र नेपाली काँग्रेसका नेता पुर्व राज्यमन्त्री नरेशबहादुर सिंहको नेतृत्वमा पार्टीले जिल्ला भरी अगुवा कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरेको थियो ।
कार्तिक १४ गते बाट सुरु गरेको अगुवा कार्यकता भेला कार्तिक २१ गते सम्म संचालन भएको हो । साइपाल गाँउपालीका बाहेक जिल्लाका ११ स्थानीयतहमा अगुवा कार्यकर्ता भेटघाट गर्दा पार्टीको पालीका वडास्तरको आन्तरिक अवस्था जानकारी लिएको, कार्यकर्ताहरुको गुनासो सुझावहरु लिएको, नेता कार्यकर्ता विच अन्तर सम्वन्ध गराएको काँग्रेसका प्रबत्ता रमान्दजोशीले जानकारी दिए । कार्यक्रमले जनप्रतिनिधि र पार्टी विचको अन्तर सम्वन्धका बारेमा छलफल भएको साथै अन्य जिल्लाको समग्र काँग्रेसको सवल र कमजोर पक्ष उजागर भएका, पार्टीका नेता कार्यकर्ता विच भएको मनमेटाउ तिक्तता गुनासाहरु सार्वजनिक भएकाले यसपालीको अगुवा कार्यकर्ता भेटघाट प्रभावकारी उपलव्धी मुलक भएको पार्टी सभापती खडकबहादुर बोहराले वताए । उनका अनुसार यो भेटघाट छलफल कार्यक्रमले नेता र कार्यकर्तामा हौसला भएर पार्टी लाइ थप उर्जा मिलेको छ आउदाँ दिनमा पनि यस्ता कार्यक्रम गरिने छन ।
अनौपचारिक रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी प्रवत्ता रमानन्द जोशीले सहजिकरण गरेका थिए । सहभागी कार्यकर्ताहरुले आफ्नो परिचय दिइ पार्टी नेता वाट भएका कमी कमजोरी काँग्रेस पार्टी संगठन सुधारका लागी भएका राम्रो काम, नेताहरुबाट भएका कमजोरीहरु भाविदिनमा संगठन अगाडि बढाउन गर्नुपर्ने काम कर्तव्य, विकास निर्माणका कुराहरु सम्वन्धित रहेर स्थानीयतहका नेता कार्यकर्ताहरुले शिर्ष नेताहरुलाइ रचनात्मक सुभावहरु र गुनासाहरु थुप्रै राखेका थिए ।
सवै पालिकामा कार्यकर्ताहरु वाट काँग्रेसका बझाङका शिर्ष नेताहरुका गुटउपगुट अन्तरघात हटाउनुपर्ने, वडापालीका जिल्लामा पार्टीका बैठक भेला गर्नुपर्ने, शिर्ष नेताहरुले युवाहरु संगको साथ सम्पर्क सम्मन्वय बढाउनुपर्ने, पार्टीवाट जितेका जनप्रतिनधिहरुले पार्टी संगको सरसल्लाह लिनुपर्ने, नेताहरुले कार्यकर्ता समर्थक जनताहरुको दुखसुखमा साथ दिनुपर्ने, पार्टीमा मुल्याड्कन हुुनुपर्ने इमानको राजनिति गर्नुपर्ने जस्ता सुझावहरु दिएका थिए । कार्यकर्ताका जिज्ञासाहरु सम्बोधन गर्दै नेताहरुले पार्टी भित्र र जिल्लाका शिर्ष नेतावाट केहि कमीकमजोरी भएको महसुस गरि अव कमीकमजोरीहरु सुधार गर्दे पार्टी एक ढिका भएर अगाडी बढाउने प्रतिवद्धता गरेका थिए ।
साथै पार्टी र काँग्रेस सरकार, जनप्रतिनिधि वाट भएका राम्रो कामको प्रचार प्रशार गर्नुपर्नेमा जोड दिएका थिए । साथै अबको राजनीतिमा अवर र चुनौती पनि उक्तीनै भएको हुँदा युवाहरुलाइ इतिहाँस बोकेको पार्टी काँग्रेसमा लागेर यो पार्टी बाटै राजनिति जिवन सुरु गर्न पनि आग्रह गरेका थिए ।
अगुवा कार्यकर्ताहरुले आफनो विचार राखी सकेपछि पार्टीको तर्फबाट पार्टी सभापती खडक बोहरा नेता जगत प्रशाद जोशी, नरेशबहादुर सिंह र अर्जुनजंगबहादुर सिंह लगायतका नेताहरुले सहभागी बाट आएका जिज्ञासा गुनासा र सुधावहरु लागी प्रष्ट पारेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.