अत्तरिया : अत्तरिया जेसीजले निःशुल्क स्वास्थ्य शिविर समापन भएको छ । शनिबार पदमा अस्पताल प्रा ली अत्तरिया र शैलेश्वरी मा वि बडेहाको सहयोगमा अत्तरिया जेसीजले शैलेश्वरी माविको प्रांगणमा निशुल्क स्वास्थ्य शिविरको आयेजना गरेको थियो ।
उत्त शिविरमा २१७ जनाले सेवा लिएको अत्तरिया जेसीजका कार्यकारी उपाध्यक्ष बमबहादुर बोगटीले जानकारी दिए । शिविरमा आएका एकजना गम्भीर बिरामीलाई गोदावरी नगरपालिकाको सहयोगमा मालाखेती अस्पताल पठाईएको उनले बताए । यसअघि अत्तरिया जेसीजले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो ।