बेहेडाबाबालाई पुरातत्व बिभागको चासो

धनगढी : सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिकस्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई पुरातत्व बिभागले चासो लिएको छ । मन्दिरलाई व्यवस्थित र त्यसको धार्मीक महत्व सहितको आस्था बनाउने उदेश्यले विश्वसम्पदाको सुचिमा राख्ने अभियान लिएको छ । शनिबार पुरातत्व विभागको ईन्जिनीयर केशब शर्माको टोलीले त्यसको प्रारम्भीक अध्ययन गरेको छ ।
शनिबार ईन्जिनियर शर्मा सहित धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वड, मन्दिर समितिका अध्यक्ष पदमराज जोशी र स्थानीयको रहोबरमा त्यसको अध्यन गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित सो मन्दिरलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकीयस्थल बनाउन व्यवस्थित गरिन लागेको हो । मन्दिरमा रहेका पूरातात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपर्ने गरी मन्दिरलाई थप व्यवस्थित गरिने लागिएको मन्दिरका अध्यक्ष पदमराज जोशीले बताए । धनगढीको धार्मीक पर्यटनको गन्तव्य बनाउन पहल गरिएकोले सोही अनुरुप विकास अगाडि बढाउन लगिएको धनगढी उपमहानगरपालिकाका निर्वतमान मेयर नृपबहादुर वडले बताएका छन् । ‘आफु २०७४ मा मेयरमा निर्वाचित भएपछि बेहेडाबाबालाई विकास गर्ने लक्ष्य लिएका थियौ’ मेयर वडले भने । आफु अहिले मेयर नभएपनि बेहेडाबाबाका लागि अहिले पनि लागि रहेको वडले बताए ।
सुदूरपश्चिम प्रदेश र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिकस्थलमा संरक्षणहरु थपिने छ’ उनले भने । ‘मन्दिरमा अब चार वटा मूल ढोका राखिने छ भने पर्खाल, मूर्ति राख्नेलगायतका काम गरिने छ ।’

अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिकस्थल रहेको सो मन्दिरमा नयाँ संरचना निर्माण गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण विन्दु बनाइने निर्वतमान मेयर वडले बताएका छन् ।
अहिले यसको स्टमेट र मन्दिरको पुरानो संरचना अबस्थाको अध्ययन गरिने पुरातत्व विभागको ईन्जिनियर केशब शर्माको टोलीले बताएका छन् । यसको विस्तृत अध्ययन रिपोर्ट बनेर विभागको टोली आएर अनुगमन गरेपछि त्यही अनुसार कार्य अगाडि बढाईने बताए । अहिले टोलीले त्यसको प्रारम्भिक अध्ययन गरेको छ । बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा पर्यटकहरुको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.