लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

अत्तरिया : कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका थिए । बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो । घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन् । स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.