आजको मौसम : उच्च भू-भागमा हिमपातको सम्भावना

अत्तरिया : हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने चिसोको असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.