अत्तरिया : उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अत्तरिया शाखाले २५ औँ इकाईगत वार्षिक साधारण सभा मनाएको छ । केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगर हुँदै विभिन्न स्थनमा सेवा केन्द्र विस्तार गरी सेवा उपलब्ध गराउँदै आइरहेको संस्थाले अत्तरिया सेवा केन्द्रको शनिबार प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा २५ औं इकाईगत साधारण सभा सम्पन्न भएकोे हो ।
संस्थाका सञ्चालक समितिका सदस्य दामोदर महराको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा रहेका थिए । प्रमुख बोहराले शुभकामना व्यक्तगदै सहकारीले आफ्ना सदस्यहरुलाई सरल तथा सहज तरिकाले सेवा सुविधा प्रदान गर्दै आइरहेको भन्दै प्रसंसा व्यक्त गरे । साथै उनले सहकारीले सभामा बालबचत मार्फत बालकलाई सम्मान सहित सामग्री दिएकोमा एकदमै उत्कृष्ट सम्मान कार्यक्रमहरु गरेको भनेर खुशीव्यक्त गरे । उनले प्रतिवेदन अनुसार सहकारीले सदस्यहरूलाई बैंकिङ्ग सेवा सुविधा जस्तै सेवा उपलब्ध गराउँदै आएसंगै सहकारीले विभिन्न किसिमका उद्योगहरु समेत संचालन गर्दै आएकोमा बधाई समेत व्यक्त गरे । सहकारीले धेरै कुराहरु संचालन गर्दै आएको र यस सहकारीले आगामी दिनहरुमा उत्तरोत्तर प्रगति कामना गर्दै शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रमका अतिथि समेत रहेका गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशीले संस्थालाई जिवन्त पार्न सबैले आ–आफ्नो तर्फबाट पूर्णरूपमा लाग्नुपर्ने बताए । सहकारी संस्थामा आबद्ध सदस्यहरू एक बाहेक अन्य सहकारीमा समेत आबद्धता जनाउने क्रम बढेकाले यसो नगर्न शेयर सदस्यहरुलाई आग्रह समेत गरेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत सञ्चालक समितिका अध्यक्षको तर्फबाट सञ्चालक समिति सदस्य उषा विष्टले गरेकी थिईन् । प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति सदस्य उषा विष्टले संस्थाले आर्थिक वर्ष २०७९÷८० मसान्त सम्ममा २ अर्ब १८ करोड ३५ लाख ७ हजार बराबरको आर्थिक कारोबार गरेको बताईन । उनले उक्त कारोबारबाट सम्पूर्ण खर्च कटाई ६ करोड ५५ लाख ४० हजार ५२ रुपैयाँ खुद नाफा आर्जन गरेको बताईन । संस्थाले बचत तर्फ गत वर्षको तुलनामा १७.४७ प्रतिशत वृद्धि भएको बताइन् । जस मध्ये हालसम्म ११ अर्ब ५० करोड ९६ लाख ८३ हजार रकम बराबरको निक्षेप संकलन गरी ९ अर्ब ९७ करोड १७ लाख ५२ हजार बराबरको रकम बचत फिर्ता गरेर
संस्थामा हाल १ अर्ब ५३ करोड ७९ लाख ३१ हजार बराबरको रकम निक्षेपमा रहेको बताइन् । यस्तै संस्थाले ऋणमा १ अर्ब ५० करोड ५ लाख ४९ हजार बराबरको रकम लगानी गरेको र जगेडा कोष तर्फ २१ करोड ८० लाख ३६ हजार रकम रहेको बताईन् । उनले संस्थाको हाल सम्म २३ हजार ५ सय ३८ जना सदस्यहरू रहेको यस संस्थाको शेयरपूँजी गत वर्षको तुलनामा मा २०.७० प्रतिशतले वृद्धि भएर १८ करोड ८५ लाख ७४ हजार ५ सय पुगाउन सफल भएको साथै संस्थाले आगामी ३ वर्षमा २५ करोड पुगाउने लक्ष्य लिएको बताइन् । उनले संस्थाको ग्रामीण भेगमा चुलो चौकामा सिमित रहेका महिला दिदीबहिनी हरुलाई लघुवित्त कार्यक्रमका माध्यमबाट समुहमा आवद्ध गराई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन विभिन्न किसिमका तालिम दिई आत्मनिर्भर बनाउने तथा उद्यमशिलताको विकाश गराई हिसाब किताब लाई पारदर्शी बनाउने, आधुनिक प्रविधिसंग जोड्ने उद्देश्यले घर दैलोमै बित्तिय सेवा पुर्याउन विभिन्न रेमिटान्स सेवा, एसएमएस बैंकिङ, ट्याब्लेट बैंकिङ÷मोबाइल बैंकिङ, क्यू आर कोडको शुरुवात गरेको उनको भनाई छ ।
यसै वर्षदेखि सदस्यहरु लाई अझ सरल र सहज बनाउन प्रविधि मैत्रीको विकास गरी एटीएम कार्ड (कोप कार्ड) व्यवस्था गरेको उनले बताइन् । साथै कृषिमा आधुनिकीकरण गर्नका नँया नँया टेक्नोलोजी प्रयोग गर्नका लाई कष्टम हायरिङ्ग सेन्टर तथा बीउ प्रशोधन केन्द्रको स्थापना गरेको बताइन् । जसबाट सर्व सुलभ रुपमा आधुनिक कृषि मेसीनरीहरुमा सदस्यहरुको पहुंच पुगेको उनले बताईन् । संस्थाले राइस मिल सञ्चालनमा ल्याएसंगै माघ अन्तिमसम्ममा सुपथ मूल्यमा चामल उपलब्ध गराउने भएको उनले बताइन् । संस्थाले संचालन गरेको कृषि कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वर्ष उत्कृष्ट अंक हासिल गरी जेटीए अध्ययन गर्न चाहने सदस्यहरु मध्येबाट ५ जना छोरा छोरी लाई कुल अध्ययन खर्चको ५० प्रतिशत संस्थाले व्यहोर्ने गरी छात्रवृत्ती वितरण गर्ने कार्यविधी बनाई कार्यान्वयन गरेको समेत उनले बताईन् ।
साधारण सभामा अत्तरिया शाखा प्रमुख सुरेन्द्र ऐरले संस्थाले आफ्ना सदस्यहरुलाई सुत्केरी खर्च, किया खर्च, सीपमूलक तालिम लगायत विभिन्न क्रियाकलापहरुमा सेवा उपलब्ध गराउँदै आइरहेको बताए । साथै विभिन्न सामाजिक कार्यहरूमा पनि संस्था अग्रसर रहेको उनले बताए । उनले सहकारीलाई थप निरन्तर रुपमा अगाडि बढाउनको निम्ति सदस्यहरुको राय– सुझाव तथा विचार एकदमै महत्वपूर्ण रहेको उनले बताए ।
अत्तरिया सेवाकेन्द्रमा आबद्ध सदस्यलाई सम्मान
संस्थाले साधारण सभाको अवसर पारेर सेवा केन्द्रको संस्थामा आबद्ध सदस्यहरु मध्ये ज्येष्ठ सदस्यलाई सम्मान, उत्कृष्ट वाल बचतलाई सम्मान तथा सामग्री वितरण, उत्कृष्ट उद्यमीलाई लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान गरेको थियो ।
कार्यक्रममा सहकारी संस्था अत्तरिया सेवाकेन्द्रका प्रमुख सुरेन्द्र ऐरले स्वागत मन्तव्य गरेका हुन । कार्यक्रम सञ्चालन संस्थाका केन्द्रीय कार्यालयका वरिष्ठ शाखा प्रबन्धक प्रकाश राज भट्टले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु