जानकी गाउँपालिकाका नापी सर्वेक्षकको भारतमा मृत्यु

अत्तरिया : कैलालीको जानकी गाउँपालिकामा कार्यरत नापी सर्वेक्षक ४१ वर्षीय रमण बम भारतको बेलरायाँमा मृत अवस्थामा फेला परेका छन्।

आफन्तका अनुसार १० दिनअघि घरबाट औषधी उपचार गर्न भन्दै गएका बम भारतको बेलरायाँ र सिंघाई नजिकै शनिबार मृत अवस्थामा फेला परेका हुन्। उनका आफन्त महेन्द्रसिंह बमका अनुसार शवको पोष्टमार्टम् भारतको लखिमपुरमा गरेर शनिबार राति नै शव टीकापुर अस्पतालमा पु¥याइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.