इलाका प्रहरी कार्यालय मालाखेती प्रहरीद्वारा अलपत्र अवस्थामा भेटिएका दुई बालकको उद्धार

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा अलपत्र अवस्थामा भेटिएका दुई बालकको उद्धार गरिएको छ । शनिबार राति बर्दिया घर बताउने अन्दाजी ६ वर्षका बालक आयुष थारु र अन्दाजी ४ वर्षका बालक आरयास थारुको उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीले उद्धार गरेका दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले दुवै बालकलाई अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारेको जानकारी दिए । उनले बालक दुवैले बर्दिया घर भएको बताएपनि अन्य जानकारी प्राप्त नभएको बताए ।
सेभ हाउसकी अध्यक्ष जानकी मलासीका अनुसार ति बालबालिकाले आफ्नो आमा संग आएको बताएका छन् । उनले भनीन् ‘तिनीहरुले आमा संग घरबाट आएको बताउने गरेका छन । आमा कहाँ गए भन्दा उनीहरुलाई थाहा छैन ।’ उनले बालबालिकाका लागि सेभ हाउसमा फेर्ने लुगा समेत नहुँदा समस्या भएको बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.