अपाङ्गता युवा उद्यमशीलता महोत्सव

महोत्सवले स्वरोजगार बन्ने प्रेरणा दिन्छ : मन्त्री साउँद

अत्तरिया : धनगढीमा अपाङ्गता युवा उद्यमशीलता र स्वरोजगार मिनी महोत्सव सुरु भएको छ । ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आईतबारदेखि मिनि महोत्सव सुरु भएको हो । महोत्सवको सुदूरपश्चिम प्रदेशका सामाविक विकास मन्त्री झपटबहादुर साउँदले एक कार्यक्रमका बीच उद्घाटन गरे । मन्त्री साउँदले अपाङ्गगता भएका व्यक्तिका उद्यमशीलता तथा स्वरोजगार सम्बन्धि स्टलले बेराजगारहरुका लागी रोजगारमा लाग्ने प्ररेणा दिने बताए । अपाङ्गगता भएका व्यक्तिका लागी बनाइएका ऐन निती नियम कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने उने बताए । सुदूरपश्चिम सरकार र सामाजिक विकास मन्त्रालय अपाङ्गगता भएका व्यक्तिको हक अधिकारका लागी, वजेट विनियोजन, अपाङ्गगतामैत्री भौतिक संरचना निर्माण गर्न प्रदेश सरकार गम्भिर रुपमा लागेको उनले बताए । विगतमा अपाङ्गता महासंघ र प्रदेश सरकार बीच भएको सम्झौता कार्यान्वयनमा आफु प्रतिबद्ध रहेको सामाजिक विकास मन्त्री साउँदले दाबी गरे ।
धनगढी उपमहानगरपालिकाको परिसरमा दुई दिनसम्म चल्ने मिनि महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता प्रदर्शन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । मिनि महोत्सवमा अपाङ्गता भएका व्यक्तिले आफैले बनाएका हातेसिप, अचार, नास्ताका परिकार लगायत उद्यमशीलता र स्वरोजगार सम्बन्धि १० वटा स्टल राखिएका छन् ।
उद्यमशीलता तथा स्वरोजगार सम्बन्धि स्टलले आफुहरुको कला प्रदर्शन गर्ने माध्यम बनेको र केही मात्रामा भएपनि बजार प्रबद्र्धन गर्न सहयोग पुगेको उनीहरुको बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउँदले ‘दिगो विकासका लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिहरूको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ दुई दिने मिनी महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवले अपाङ्गता भएका व्यक्तिले उत्पादन गरिएका बस्तुलाई बजारीकरण, प्रबद्र्धन गर्न तथा अपाङ्गता भएका व्यक्तिको क्षमता उजागर महोत्सवले सहयोग पुगेको उनले बताए । यस्तै कैलालीका समावेशी र स्रोत कक्षा भित्रका विद्यालयलाई सहभागी गराएर अपाङ्गता भएका व्यक्तिलाई विभिन्न हाजिरी जवाफ प्रतियोगीतामा सहभागी गराएको छ । उनले महोत्सवमा अपाङ्गता भएका व्यक्तिहरुले आफैले निर्मित गरेका सामग्री, अपाङ्गता क्षेत्रमा योग्दान पुगाएका तथा उत्कृष्ट कार्य गरेका व्यक्तिहरुको बायोग्राफी, अपाङ्गता भएका व्यक्तिहरुको सम्भावना र चुनौति विषयक अन्तरक्रिया लगायतका कार्यक्रम हुने जनाए । महोत्सव आयोजनाले सीप भएका अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिलाउन र आफै स्वरोजगार हुन प्रेरणा मिल्ने अध्यक्ष साउँदले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चिमका अनुसार सुदुरपश्चिममा ७० हजार ८ जना अपाङ्गता भएका ब्यक्ती रहेका छन् । कैलालीमा २२ हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्ती रहेको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.