गोदावरी नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ

अत्तरिया, १८ मंसिर : श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने मूल नाराका साथ कैलालीको गोदावरी नगरपालिका वडा नं १२ चापमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरिएको छ ।
सोमबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बाटो खनेर रोजगार कार्यक्रमको उद्घाटन गरेका हुन । उद्घाटनका क्रममा गोदावरीको पर्यटकीय सम्भाव्यता बोकेको नायल तालको विकासमा पालिकाबाट के कति गर्न सकिन्छ ? त्यो काममा लागेको र विकासमा पछाडि परेको सल्ली चापसम्म सडक सुविधा १२ महिना नै सञ्चालन गर्ने गरी प्रदेश सरकारसंग पहल गरेको नगर प्रमुख भट्टले बताए ।
कार्यक्रमको सभापतिमा गोदावरी नगरपालिका वडा नं १२ का अध्यक्ष भीमबहादुर खड्काले विगतमाहुँदै गरेको कामलाई धेरथोर भए पनि रोजगार कार्यक्रम मार्फत रोजगार दिलाएको र यसपाली पनि यस वडा मा १० जनालाई रोजगार दिलाउने जानकारी गराए । गाउँबस्तीमा रहेका बेरोजगार, विपन्न, वर्ष भरि खाना खान नपुग्नेहरु लाई सय दिनसम्म भए पनि रोजगार दिई स्वरोजगार पर्ने नीति अनुरूप यस ठाउँमा कार्यक्रम अगाडि बढेको अध्यक्ष खड्काको भनाई छ ।
स्थानीय जनताले हिँडडुल गर्दैै गरेको बाटोघाटो मर्मत (बाटो खन्ने, ढुंगा छाप्ने, सम्म्याउने ) गरी यस वडा मा १० जना महिलालाई सय दिन रोजगार दिई स्वरोजगार बनाउने लक्ष्य रहेको गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले जानकारी दिए । गोदावरी नगरपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रममा ७३ जना छनोटमा परेकामा १२ वडामा मात्र १० जना विपन्न परिवारका सदस्यहरुलाई रोजगारी दिने भनि छनौट भएका छन ।
केही महिना अगाडि पालिकामा फारम भरेकाहरु मध्ये विपन्न, गरीव, पिछडिएकालाइ प्राथमिकतामा राखी रोजगार दिने प्रक्रिया अनुसार सोमबारबाट नै काम संचालन भएको हो । कोलमुडामा क्षेत्रमा रोजगार कार्यक्रममा काम गर्ने १० जना श्रमिकलाई ७ लाखमा बीमा सहित रोजगार दिँदै काम र दाम दैनिक रूपमा काम काज गर्नेप्रति दिनमा ८ घण्टा काम गर्नुपर्ने छ । प्रधानमन्त्री रोजगार ६० प्रतिबत महिला हुनु नै पर्ने भएकोले १२ नम्बरमा सबै १० जना महिला नै रहेका छन् । सय दिन काम गरेमा ६८ हजार रुपैयाँप्रति ब्यक्तिले पाउने कुरो रोजगार कार्यक्रम संयोजक जोशीले बताए ।
रोजगार कार्यक्रमको कामको निर्देशन एबं प्राविधिक निरीक्षणका लागि रोहित सुबिदी (प्राविधिक सहायक–रोजगार सहायक) र अनिल विकले हेर्ने गरी फिल्डमा खटाएको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.