सुदूरपश्चिमका मुख्यमन्त्री शाह र इजरायल राजदुतबिच भेटवार्ता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र नेपाल स्थित इजरायली राजदूत हानान गोडर गोल्डबर्गरबिच भेटवार्ता भएको छ । मंगलबार काठमाडौमा इजरायलमा वेपत्ता विपिनका बारेमा छलफल गर्न भेटबार्ता गरेका हुन् ।

राजदुत गोल्डबर्गरले मुख्यमन्त्री शाहलाई स्वागत गर्दै सुदूरपश्चिम बिश्वबिधालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी हमासको अक्रमणमा परि मृत्यु भएका प्रती ईजराईल सरकार निकै दुखी भएको बताए । मुख्यमन्त्री शाहले सुदूरपश्चिम बिश्वविद्यालय अन्तर्गत अध्ययनका सिलसिलामा हमास आक्रमणमा परी ज्यान गुमाउनु परेका १० नेपाली विद्यार्थीका परिवारजनका लागि राहत र क्षतिपूर्तिका साथै ज्यान गुमाउने विद्यार्थीका परिवारजनलाई भेट्नको लागि अनुरोध गरेको सचिवालयले जनाएको छ ।

‘अहिलेसम्म बेपत्ता भएका कन्चनपुरका बिपिन जोशी तत्काल खोजबिन गरि सकुशल तत्काल उद्धार गर्न सबै सग पहल गर्न र परिवारलाई राहत र क्षतिपूर्तिको ब्यवस्थापन गर्नु पर्ने’ उनले आग्रह गरेको सचिवालयका नृप सुनारले जानकारी दिए । साथै सुदूरपश्चिम प्रदेश सरकारले २०८० फाल्गुन २३ र २४ गते आयोजना गर्न गईरहेको सुदूरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलनमा पनि इजरायली सरकारको साथ, समर्थन र सहयोगका लागि आग्रह गरिएको उनको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.