कैलारीको ५ नम्बर वडामा स्तनपान कक्ष संचालनमा

अत्तरिया : कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–५ मा स्तनपान कक्ष संचालनमा ल्याएको छ । मंगलवार २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रारम्भिक बाल सिकाई र स्तनपान कक्षको उदघाटन् गरेकी थिइन् ।

उपाध्यक्ष चौधरीले वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राही महिलालाई सहज हुने बताइन् । उनले भनिन्, स–साना बच्चा लिएर सेवा लिन आउनु पर्ने महिलाहरुको बाध्यता रहेको हुन्छ । स्तनपान कक्ष स्थापना भएपछि अब आफ्ना नानीबाबुलाई स्तनपान गराउन सहज हुने भएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.