अत्तरिया : कैलालीको गोदावरीबाट प्रहरीले २ हजार लिटर अबैध मदिरा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी १ बाँसभारी टोलबाट उक्त मात्रामा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको छ ।
प्रहरीले मदिरा बनाउन प्रयोग हुने भांडाकुँडा समेत बरामद गरेको छ । मानव स्वास्थ को लागि अत्यन्तै हानिकारक मानिने घरेलु मदिरा प्रहरीले तीन वटा घरबाट नियन्त्रणमा लिएको हो । बरामद गरेको मदिरा प्रहरीले जनप्रतिनिधि र स्थानीय संचारकर्मीको रहोबर मा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती का डिएसपी गणेश बरालले अबैध मदिरा बनाउने र पिउने कुरालाई निरुत्साहित गर्न अभियान नै चलाउनु पर्ने बताए । उनले यो कार्य स्थानीय सरकार को पनि जिम्मेवारी को बिषय पनि हुनुपर्ने भएपनि यसमा खासै चासो नदेखाएको गुनासो पोखे ।
प्रहरीले उक्त टोलबाट बिगतमा पनि अबैध मदिरा बरामद गर्दै आएको छ । डिएसपी बरालले अबैध मदिरा को बिक्रि बितरण र होटेलमा हुने अनैतिक क्रियाकलाप न्यूनीकरण को लागि स्थानीय को पनि सहयोग हुनुपर्ने बताए । प्रहरी एक्लैले मात्रै यस्ता कानुन बिपरितको कार्य नियन्त्रण गर्न नसक्ने उनको भनाई रहेको छ ।