बझाङ : बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-१ बिली बस्ने २५ वर्षीय राम कुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिवार बिहान चौडाम बगर धामीराटी कुलोमा पानी फर्काउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए।
वडाध्यक्ष भण्डारीका अनुसार उनी शनिवार बिहान १० गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका थिए । पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नेक्रममा चौडमा बगरको कान्द्वाल भीरमा साँझ ७:४५ बजे मृत फेला परेका हुन् ।
कुलोमा पानी फर्काउने क्रममा विद्युतको तारा नजिकै हुँदा करेन्ट लगेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । भण्डारी मृत फेला परे लगत्तै वडाध्यक्ष भण्डारीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुभएको थियोे भने जानकारी पाउने वितिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपेश चौधरीको कमाण्डमा ९ जनाको टोली घटना स्थल पुगेर घटनाबारे अनुसन्धान गरेका थियोे ।