सिटी वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

अत्तरिया, २८ मंसिर : गोदावरी नगरपालिका अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाका अध्यक्ष श्यामबहादुर खड्काको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि संस्थापक एबम् समाजसेवी  चेतराज पन्त थिए ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष श्यामबहादुर खड्काले गरेका थिए । वार्षिक प्रतिवेदन प्रस्तुत अनुसार २०६८ सालमा ५६ जना सदस्यहरू उपस्थिति भई सुरुवात भएको यस संस्थामा आर्थिक वर्ष २०७९÷०८० मसान्त सम्ममा आइपुग्दा १ हजार ७ सय ५२ जना शेयर सदस्यहरु रहेको छ भने संस्थाको शेयर पूँजी १ करोड ५५ लाख ५५ हजार ६ सय रहेको जानकारी दिए । यस्तै संस्थाको यस वर्ष बचततर्फ यस ४ करोड ३० लाख १६ हजार रकम निक्षेप संकलन भएको साथै ८ करोड ३७ लाख ३० हजार बराबरको रकम ऋणमा लगानी गरेको छ । साथै संस्थाको जगेडा कोषमा आ व ०७९÷०८० मा १० करोड २८ लाख १६ हजार बराबरको आर्थिक कारोबार गरेको यस संस्थाले १४ लाख ७६ हजार ६सय रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
सभाको कार्यक्रम सञ्चालन संस्थाका व्यवस्थापक विष्णु खड्काले गरे संगै विशिष्ठ अतिथिमा यस संस्थाका संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र खड्का थिए । साथै सभामा विभिन्न संघ संस्थाका पदाधिकारी, प्रबन्धकहरू लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.