Agni Offset Press

साना किसान कृषि सहकारी संस्था मालाखेतीको २७ औं साधारण सभा सम्पन्न

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–२ मालाखेतीमा रहेको साना किसान कृषि सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहिबार एक औपचारीक कार्यक्रमका बीच संस्थाको साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी रहेका थिए । मन्त्री चौधरीले कार्यक्रममा सहकारीहरुले महिलाहरुलाई बचत गर्ने भानीको विकास गरेको बताए । अरुको भनाई भन्दा पनि वास्तविकता के हो ? त्यो अनुसार अगाडि बढ्न आवश्यक रहेको मन्त्री चौधरीले कार्यक्रममा औल्याए । साधारणसभामा संस्थाका अध्यक्ष तेजराज अवस्थीको सभापतिमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक गोरखबहादुर खत्रीको आयव्यय प्रस्तुत गरेका थिए । उनका अनुसार संस्थाको आर्थिक बर्ष २०७९ ÷०८० मा ९६ लाख ८० हजार २ सय ६१ नाफा रहेको छ । संस्थाले बार्षिक कारोबार ४५ करोड भन्दा बढीको संस्थाका मुख्य प्रबन्धक खत्रीले जानकारी दिए । कार्यक्रममा स्थानीय, समाजसेवी महिला तथा संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.