Agni Offset Press

पूर्वगृहमन्त्री खाणले अदालतमा बुझाए धरौटी, सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै

Aarati simant

काठमाडौँ : नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले शुक्रबार काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएका छन् ।
धरौटी बुझाएर अदालतबाट छुटे पनि खाण प्रहरी नियन्त्रणमै छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमा उपस्थित गराइँदै छ । विभाग र अख्तियारले पनि बयानपछि धरौटीमा छोड्यो भने मात्र खाण प्रहरी नियन्त्रणबाट बाहिर हुनेछन् । उच्च अदालत पाटनले बिहीबार पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीश रुपमा कृष्णराम कोइरालले यो यो मुद्दा हेरेका थिए । कोइरालाले छोड्ने पक्षमा राय दिएका थिए ।उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.