अनसन बस्न गेटा पुगेका केसी फर्किए
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आग्रह नमान्दै केसी फर्कीएका हुन् ।
अत्तरिया, २९ मंसिर : विभिन्न माग राख्दै पटक–पटक अनसन बस्दै आएका डाक्टर गोविन्द शुक्रबार साँझ केसी गेटामा पुगे । यस अघि दुई बुँदे माग राख्दै उनले सत्याग्रहको घोषणा गरेका थिए ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा अनसन बस्न गएका केसी अनसन नबसेरै फर्किएका हुन । अनसन बस्न गेटा पुगेका डाक्टर केसीलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिष्ठानको विषयलाई आफ्नो मागको मुद्दा नबनाउन आग्रह गरेपछि केसी अनसन नबसेरै फर्किको संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले बताए । ‘पूर्व निर्धारित कार्यक्रम अनुसार डा. केसी गेटामा अनसन बस्ने कुरा थियो । उहाँलाई भित्र जान प्रहरीबाट रोक भयो । सरकारले निर्णय गरेको कुरा र हामीले राष्ट्रिय सभामा छलफल भएको कुरालाई विश्वविद्यालय हुनुपर्छ भनेको छौँ’, आगोले भने । ‘उहाँले प्रतिस्पठानको कुरा काठमाण्डौँमा बोल्नुभयो । त्यसको विरोधमा ६ शैयाको अस्पताल सहितको कुरा बोल्न आग्रह मात्र गरेको हा । हाम्रो आग्रहलाई नमान्दा उहाँ छाडेर जानुभयो ।’सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आग्रह नमान्दै केसी फर्कीएका हुन् ।
डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन रहेको आगोले बताए । ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनसन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, उनले भने । डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राख्नु भएको छ । जबकी गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनसन बस्नु उचित होइन भन्ने हाम्रो आग्रहलाई डाक्टर केसीले मान्नु भएन र उहाँ फर्किनु भयो, संघर्ष समितिका संयोजक पाण्डेले भने । डाक्टर केसीका सबै विषयप्रति हाम्रो समर्थन छ । मात्र एउटै आग्रह प्रतिष्ठान भन्ने स्थानमा विश्वविद्यालय राखिदिनुहोस् भन्ने मात्र हो, यति भन्दा उहाँ आफै जंगिएर फर्किको संघर्ष समितिको तर्क छ ।
डाक्टर केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने माग अघि सारेका छन् । त्यस्तै यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन भन्ने उनको अर्को माग छ ।
धनगढीबाट मोटरसाइकलमा अनशन स्थल गेटामा पुगेका केसी आधा घण्टा जति वादविवाद गरेर फर्किएका थिए । डा. केसीले अस्पताल सञ्चालन हुनुपर्छ, एमबीबीएस पढाइ हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । ‘मलाई विश्वविद्यालय होस, प्रतिष्ठान होस, मेडिकल कलेज होस कुनै आपत्ती छैन’ उनले भने ‘तर, विश्वविद्यालय भनेको तपाइले सोच्नु भएको भन्दा फरक कुरा हो । नेपालमा मेडिकल युनिभर्सिटीमा लगानी पनि त्यतिकै गर्नुपर्छ । आर्थिक मन्दी छ भनेर अस्पताल १५ शैय्याको पनि नचलाउने । हामीसँग सम्झौता भएको थियो नी ।’ त्यसपछि उनी आफू एक्लो आएकाले अनशन बस्न नदिएको भन्दै रिसाएर फर्किएका थिए ।
डा केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् । यस्तै, सय शय्या भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्यसम्वन्धी विषयका कार्यक्रम सुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग उनले राखेका छन् ।