ओझा द्वारा विपन्न विद्यार्थीलाई सहयोग

अत्तरिया, ३० मंसिर : कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरका स्थानीय बालकृष्ण ओझाले विपन्न विद्यार्थीलाई सहयोग गरेका छन् ।
शनिबार उनले आफ्नो बैठक भत्ताको रकम आर्थिक अवस्था कमजोर भएकी विद्यार्थीलाइ सहयोग गरेका हुन । जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभामा ओझाले सोही वडामा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी गिता साउँदलाई सहयोग गरेका जनाएका छन । १२ वर्षीया बालिका साउँदको परिवार आर्थिक रुपले अत्यन्तै विपन्न रहेको र आफ्नो थोरै सहयोगले पनि बालिकाका पढाईमा राहत हुने देखेर सहयोग गरेको ओझाले बताए । उनले उक्त बालिका पढाईमा पनि अत्यन्तै अब्बल रहेको जानकारी दिए ।
ओझा जननौलो बिहानी कृषि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका छन । उनले सहयोग वाफतको रकम गिताका बुवालाई हस्तान्तरण गरेका थिए । ओझा सामाजिक कार्यमा सक्रिय रहर काम गर्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.