अत्तरिया : नेपाल जेसिजको बुटवलमा सम्पन्न ५० औं राष्ट्रिय महाधिवेशनमा धनगढी जेसिज बर्ष २००५ का अध्यक्ष नर नारायण शाह (मनु) सम्मानित भएका छन । नेपाली काँग्रेस प्रदेश कार्य समिति सुदुरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका शाहलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले सम्मानित गरेका हुन ।
धनगढी जेसिजको सन् २००५ को अध्यक्ष रहेका बेला शाहले सामाजिक र राजनीतिक क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मानित गरेको नेपाल धनगढी जेसिजका निबर्तमान अध्यक्ष मोहन ओझाले बताए । सम्मानित भएपछि शाहले यो सम्मानले सामाजिक तथा राजनैतिक क्षेत्रमा थप कार्यगर्न उर्जा मिलेको बताए ।
शाह २००५ को अध्यक्ष हुनुका साथै नेपाल जेसिजले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा समेत सकृय सहभागिता जनाउदै विभिन्न पदमा रहि उत्कृष्ट कार्य गर्दै आएको नेपाल जेसिजले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु