कञ्चनपुरमा बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कञ्चनपुर : कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पुर्बपश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन् । बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.